२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

हरेक नागरिकलाई सूचनाको हकको प्रयोग गर्न मन्त्री खनालको आग्रह

प्रकाशित मिति : २०७९ श्रावण २० गते

चितवन / बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले हरेक नागरिकले सरकारी कार्यालयबाट सूचनाको हक प्रयोग गरेर सूचना लिन अनुरोध गरेका छन् ।
मन्त्री खनालले भरतपुरमा बिहीबार आयोजित सूचनाको हक सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै सूचना लिने दायित्व पत्रकारको मात्र नभइ हरेक नेपाली नागरिकको रहेको बताए ।
कार्यालयले गरेको काम कार्वाही र सेवाको विषयमा जानकारी लिने, गुनासो गर्ने, गुनासो सुन्ने निकाय रहेकाले निर्धक्क भएर सूचनाको प्रयोग गर्न उनले आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले कार्यालयले सम्पादन गरेका कामको विषयमा सूचना पाउने अधिकारी नागरिकको रहेको बताए ।
बागमती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटाले भरपर्दो सूचना लिनु अनुरोध गरे । हतारमा सूचना लिँदा गलत सन्देश जाने भएकाले सूचना लिने र दिने दुबैले आवश्यक ध्यान दिनु पर्नेमा उनको जोड थियो ।
प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुृन अधिकृत मदनप्रसाद शिवाकोटीले सूचनाको हक र प्रयोगको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयका सूचना अधिकारी, बार एशोसियसनका जिल्ला अध्यक्ष रामकृष्ण अधिकारी, जिल्लाका पत्रकारसँग आवद्ध संघ सस्थाका प्रतिनिधिहरु, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11