२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा गबारो किराले किसान मारमा, उत्पादन घट्ने चिन्ता

प्रकाशित मिति : २०७९ श्रावण ३० गते

चितवन / चितवन जिल्लामा यो बर्ष हाइब्रिड धान लगाउने किसानको संख्या उल्लेख्य हुन सकेन । समयमै पानी र किसानले मल नपाउंँदा धान रोप्ने किसान पनि कम भएको पाइएको छ । अधिकांश ठाउंँमा ढिला रोपाई, उन्नत जातको बीउको कमीका कारण पनि यो बर्ष उत्पादनपनि घट्ने अनुमान गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका बाली बिकास अधिकृत एवम् सूचना अधिकारी माधव पौडेलले यस पटक चितवनमा साबित्री जातको धान धेरै रोपिएको बताउंँछन ।
किसानले अन्य जातको धानको बीउ सहजै नपाउनु र जुनसुकै बीउलाई विश्वास नगर्दापनि यो समस्या आएको हो । जिल्लाका धानखेती योग्य मध्ये आधा भन्दा बढी क्षेत्र भएको भरतपुर महानगर पालिकामा पानी समयमै नपर्दा पर्याप्त रोपाइ हुन नसकेको उनको भनाइ छ ।
पौडेलले भने, ‘चितवनका किसानले यस पटक सबैभन्दा बढी साबित्री धान नै लगाएका छन् । त्यसपछि सावा मनसुली धान रोपेका छन् । हाइब्रिड धान रोप्ने किसानको संख्या भने धेरै छैनन ।’ जसका कारण जिल्लामा हर्दीनाथ १, चैते ५ , सांवा मंसुली, सावा १ लगायतका धान लगाउने किसानको बाहुल्यता छ ।
हालसम्म जिल्लामा कति प्रतिशत रोपाइ भयो भन्ने तथ्यांक आईसकेको छैन । यसपटक मौसम प्रतिकुलताका कारण पनि किसानहरुले धान पनि रोपेनन । लगाईएका धानमा पनि चितवनमा गबारो किराको प्रकोप बढ्दो रहेको पौडेलले बताए । उनका अनुसार फड्के किराको पनि अवस्था उस्तै रहेको र गबारोको सिजन भएकाले पनि धान उत्पादनमा ह्रास आउने आंकलन गरिएको छ । किसानलाई विशेष ध्यान पुर्याउन पौडेलको आग्रह छ । गबारोको पुतली मात्रै देखिने तर असर गर्ने लार्भाले भएका कारण ध्यान पुर्याउन उनले सुझाव दिए ।
चितवन भरनै गबारोको प्रकोप रहेको र अहिलेनै ठूलो समस्याको रुपमा भने नआएको पौडेलको भनाइ छ । गबारो सहित धानमा सेफ ब्लाइट, ब्लाष्ट ( धान मरुवा) र डडुवा० को प्रकोप रहेको उनले जानकारी दिए ।
प्रकोपको असर संगै किसानहरुले कुन विषादी प्रयोग गर्ने भन्नेमा सचेतना बढेका छन । पहिला जसरी जे मन लाग्छ त्यही विषादी प्रयोग गर्ने भन्दापनि विषय विशेषज्ञसंग परामर्श लिने किसानको संख्या बढेको उनले बताए । यही सचेतनाले गर्दा अहिले किरा रोग नियन्त्रण केही कम भएको पौडेलको भनाइ छ ।
सावित्री धानमा अहिले कुनै रोग नदेखिने तर पहेँलो हुने समस्या रहेको छ । अहिले जिल्लाका किसानहरुले धान पहेँलो भयो भन्ने गुनासो गर्न थालेको तर कारण अझै के कारणले पहंँलो भयो भन्ने विषयमा पत्ता लगाउन नसकिएको उहाँको भनाइ छ ।
समस्याको समाधान नै हुन नसकेपछि अव सावित्री जातको धानलाइ प्रतिस्थापन गर्न उनले सुझाव दिए । जिङ्का कारण पहेँलो हुन्छ भनेपनि त्यसको प्रयोग गर्दा समेत समाधान हुन नसकेको पौडेल बताए । समस्या पहिचान गर्न माटो परीक्षण समेत गरेको तर नतिजा राम्रो आएको थियो ।
तर यो पटक किसानहरुले गरिमा धान नलगाएको तर कोही किसानले झुटो जानकारी दिने गरेको पौडेलले बताए । साथै किसानले यो पटक पनि मलको समस्या झेल्नु परेको उहाँको भनाइ छ । धानखेतीमा डिएपी सुरुमै हाल्नु पर्ने भएपनि त्यसको अभाव रहदा किसानको धान उत्पादन सोचेजस्तो नहुने पौडेलको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11