२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा २८ औं तामाङ प्रसारण दिवस मनाइँदै, गुम्बालाई खाद्यान्न सहयोग गरिने

प्रकाशित मिति : २०७९ भाद्र १ गते

–सन्तोष तामाङ
चितवन । तामाङ पत्रकार संघ चितवनले आज (बुधबार) ‘२८औं तामाङ प्रसारण दिवस’ मनाउँदै छ । भरतपुर ७ टाइगरचोक स्थित लामा पाठशालालाई खाद्यन्न सहयोग गरी तामाङ प्रसारण दिवस मनाउन लागिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार देशैभर रहेका तामाङ पत्रकार संघ जिल्ला शाखाहरुले हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाउँदै आइरहेको छ । यस वर्षको तामाङ प्रसारण दिवसमा सामाजिक कार्यलाई प्राथमिकता दिने सोच अनुसार लामा पाठशालामा अध्ययनरत विद्यार्थीहरुलाई खाद्यन्न सहयोग गर्न लागिएको उनको भनाइ छ ।
विसं. २०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको थियो । अमृत योन्जन तामाङ, ध्यानबहादुर मोक्तान र रमिता बल तामाङ सहभागी समाचार टोलीले ‘चु रेडियो हिन्ला, दाम तामाङरि साङ्युर सान्स्युगो’ भनेर तामाङ भाषामा समाचार प्रसारण गरेका हुन् ।
सोही दिनदेखि हरेक वर्ष तामाङ संचारकर्मी तथा तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको छ । तामाङ संचारकर्मीहरुले तामाङको पहिचान, अधिकार र जनचेतनाका लागि रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइनबाट सकारात्मक परिवर्तनका आवाज उठाउँदै आएका छन् ।
संघले प्रत्येक वर्ष तामाङ प्रसारण दिवस मनाउँदै आएकोमा गत वर्ष कोभिड १९ का कारण स्थगित गरेको थियो । तामाङ भाषासम्बन्धी शिक्षालाई मध्यनगर गर्दै निकट भविष्यमा तामाङ भाषा प्रशिक्षण कार्यक्रम ल्याउने तयारी गरिरहेको संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34