२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवासंघ चितवनको बिमा सचेतना तथा अभिमुखीकरण

प्रकाशित मिति : २०७९ भाद्र १७ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको सभाहलमा एक दिवसिय बीमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उवा संघको आयोजना तथा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडको सहयोगमा उक्त बिमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
संघमा आवद्व व्यवसायीहरुलाई निर्जिवन बिमा एवं व्यवसायिक बिमा सम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायहरुलाई बीमाका जानकारी हुन आवश्यक रहेको बताए । व्यवसाय गर्दा आर्थिक जोखिम कम हुने उनको भनाइ छ ।
बिमा सचेतना कार्यक्रमका प्रमुख प्रशिक्षक सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडका सहायक महाप्रवन्धक नवराज पराजुलीले बीमाको परिचय, बीमा गर्दा आवश्यक पर्ने कागजात, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरु साथै बीमा सम्बन्धी विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रममा सिद्वार्थ इन्स्युरेन्स लिमिटेडका बागमती, गण्डकी प्रदेश प्रमुख माधव रेग्मीले बिमासम्बन्धी सचेतना एवं अभिमुखिकरण कार्यक्रममा सहयोगीको रुपमा सिद्वार्थ इन्स्युरेन्स लिमिटेडलाई अवसर दिइएकोमा आभार ब्यक्त गरे ।
कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका सदस्य, एवं उद्यमी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा ७५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त संघका कार्यकारी निर्देशक निलबहादुर केसी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, विभिन्न कार्यगत समितिका सदस्य एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठीको आयोजना गर्दै आएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34