२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा आजदेखि मतदान सामग्री वितरण हुँदै

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते
file photo.

चितवन / जिल्ला निर्वाचन कार्यालय चितवनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रयोग गरिने सामग्री आज (बुधबार) देखि वितरण गरिने भएको छ । कार्यालयले निर्वाचन अधिकृतको कार्यालय मार्फत आज र भोलि (बिहीबार) मतदान कार्यमा प्रयोग गरिने सामग्री वितरण गरिने निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिए ।
जिल्लाका दुर्गम ठाउँमा पुग्ने मतदान अधिकृतले आज नै बुझ्न सक्ने कार्कीले बताए । उनका अनुसार पहिलो दिन इच्छाकामना र कालिका क्षेत्रमा खटिने कर्मचारीलाई वितरण गरिने छ । सुगम क्षेत्रका मतदान अधिकृतले पर्सि मतदान सामग्री बुझ्न सक्ने उनले बताए ।
मतदान अधिकृतले मतपेटिका, मतपत्र सहित ६३ प्रकारका मतदान सामग्री बुझ्नेछन् । चितवनमा ४ सय ६० मतदान केन्द्र छन् । निर्वाचनको कार्यतालिका अनुसार, मंसिर १ गते सबै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्छ । कर्मचारीहरूले त्यहाँ पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने, मतदाता शिक्षाको लागि नमुना मतदान गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।
जिल्लामा ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका छन् । यहाँ ३ हजार ६ सय ८० कर्मचारी निर्वाचनमा खटिँदै छन् । सुरक्षाकर्मी बाहेक एउटा मतदान केन्द्रमा आठ जना कर्मचारी खटिन लागेको कार्कीले बताए । त्यसबाहेक ४ जना स्वयमसेवक हुनेछन् ।
कार्यालयले अस्थायी मतदाताका लागि दुई स्थानमा मतदान गर्ने व्यवस्था गरेको छ । कार्यालयका अनुसार भरतपुर कारागार र मालपोत चोकमा मतदान गर्ने व्यवस्था गरिएको हो । चितवनमा अस्थायी मतदाता १ हजार ५४४ जना रहेका छन् । अझै थपघट हुन सक्ने कार्कीको भनाइ छ । अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकमा मत राख्न पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86