२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा तीन स्थानबाट मतगणना हुने

प्रकाशित मिति : २०७९ मंसिर ४ गते

चितवन / चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताउनुभयो । यहाँ चार ठाउँबाट गणनाको काम थालिने उहाँले जानकारी दिनुभयो । दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र (१) र (२) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताउनुभयो । अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उहाँको भनाइ छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ ।
चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताउनुभयो ।
नमूना मतदानस्थल
चितवनको भरतपुर माविको मतदानस्थललाई नमूना मतदानस्थल बनाइएको छ । यस मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला मात्रै राखिएको छ ।
क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस मतदानस्थलमा चार वटा मतदान केन्द्र तोकिएको छ । यसमा कूल ३२ महिला कर्मचारी छन् । यस मतदानस्थलमा सुरक्षाका लागि पनि सबै २३ महिला सुरक्षाकर्मी खटाइएको छ । चारवटा केन्द्रमा गरेर कूल तीन हजार दुई सय २९ मतदाता रहेको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिनुभयो । मतदान केन्द्रको तयारीदेखि मतदान सम्पन्न गर्नेसम्म सबै काम कुशलतापूर्वक पूरा गर्ने उहाँले बताउनुभयो ।
जिल्लामा कूल एक सय ६२ मतदानस्थल रहेका छन् । त्यसभित्र चार सय ६० मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले सबै मतदानस्थल निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो । जिल्लामा कूल मतदाता चार लाख आठ हजार तीन सय ४२ छन् । जसमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । यस मतदान केन्द्रको शनिबार सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले राम्रोसँग काम गर्न आग्रह गर्दै महिला कर्मचारीलाई हौसला बढाउनुभएको थियो ।–रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20