२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीमा खिचरा महोत्सव हुने, भेषभूषामा आउनेलाई निःशुल्क प्रवेश

प्रकाशित मिति : २०७९ मंसिर २४ गते
File photo.

चितवन / चितवनको खैरहनीमा पुस २९ गतेबाट ‘आठौं खिचरा महोत्सव’ सुरु हुने भएको छ । थारु कल्याणकारिणी सभाद्वारा आयोजित आठौं खिचरा महोत्सवको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले विविध भाषा धर्म संस्कृतिको संरक्षण एवं पर्यटन प्रबर्द्धनका उद्देश्यले खिचरा महोत्सव गर्न लागिएको बताए । संयोजक महतोका अनुसार महोत्सव सम्पन्न गर्नका लागि १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । उनले ३३ वटा उपसमिति बनाएर महोत्सवको तयारी गरिएको जानकारी दिए ।
उनले हालसम्म राज्यको कुनै पनि निकायबाट कुनै पनि सहयोग नभएको गुनासो समेत गरे । हालसम्म फाइदा नभएको बताउँदै उनले महोत्सवलाई जारी राख्ने प्रमुख उद्देश्य भएको जिकिर गरे ।
महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषासहित सांस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु संग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धन मार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्र्याउन महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।
जनजातिको भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्यलाई प्रवेश शुल्क ५० तोकिएको छ । विगत दुई वर्ष कोभिडका कारण संचालन हुन नपाएको महोत्सव यस वर्ष भने संचालनमा आउँदै छ ।
उक्त महोत्सव प्रारम्भमा दुई दिनका लागि गरेको भए पनि हाल ११ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सव पुस २९ गतेबाट सुरु हुने महोत्सव माघ ९ गतेसम्म संञ्चालन हुने बताइएको छ ।
वि.सं. २०७० सालबाट सुरु भएको महोत्सव अहिले थारु समुदायको नयाँ वर्षको अवसरमा मनाईदै आएको छ । थारु समुदायको सांस्कृतिक महोत्सवको रुपमा रहेको यो हरेक वर्ष आयोजना गर्दै आएको छ ।
महोत्सवमा १२० वटा स्टल रहने छन् भने रु ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34