२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अर्जेन्टिना विश्वकप २०२२ च्याम्पियन

प्रकाशित मिति : २०७९ पुष ४ गते

काठमाडौं / कतारको लुसेल स्टेडियममा भएको विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै विश्वकप फुटबल २०२२ को उपाधि उचालेको हो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो भने यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । अर्जेन्टिनाको यो तेश्रो उपाधि हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने ३६ औं मिनेटमा डिमारियाले अग्रता दोब्बर पारे ।
अर्जेन्टिनाको दबादबा तोड्न फ्रान्सलाई ८० औं मिनेटसम्म कुर्न प¥यो । अन्ततः पेनाल्टी मार्फत गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर २–२ को खेल बराबरी पारे ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।
तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रिक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन ।
अन्ततः खेल ट्राइबेकरमा पुग्यो । टाइब्रेकरको पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे भने अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरी बराबरी गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके भने अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गर्न सफल भए ।
२–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पु¥याए ।
फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34