२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वरिष्ठ संगीतकार किरण प्रधान पुरस्कृत हुने

प्रकाशित मिति : २०७९ पुष ९ गते
Photo : tukhabar

मकवानपुर / वरिष्ठ संगीतकार डा. किरण प्रधानले विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार पाउने भएका छन् । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले वरिष्ठ संगीतकार प्रधानलाई यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको हो । उनी गायक, लेखक तथा निर्देशक समेत हुनुहुन्छ ।
प्रतिष्ठाले १४औं स्मृती दिवसको अवसरमा २०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेको विजुली माया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार प्रधानलाई वितरण गर्न लागिएको हो ।
प्रतिष्ठानले आगामी माघ १५ गते हेटौंडा– २, मोटल एभोकाडोमा एक कार्यक्रमको आयोजना गरी प्रधानलाई एक लाख रुपैयाँ पुरस्कार राशी प्रदान गर्ने भएको प्रतिष्ठानका अध्यक्ष हयग्रव आचार्यले जानकारी दिए ।
२०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, के सोचें मैले के भयो अहिले, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत विभिन्न गीतहरु चर्चित छन् । साथै उनले ७ वटा गीति एल्वम समेत प्रकाशित गरिसकेका छन् ।
विजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कारबाट हालसम्म अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72