नारायणगढ / भरतपुर वडा नं. १ मा टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, भरतपुर महानगरपालिकालगायत सरोकारवाला निकायबीच छलफल भएको छ । महानगरपालिकाको ३५ दिने सूचनाको विषयलाई लिएर आइतबार छलफल गरिएको हो ।
सडक डिभिजन कार्यालयले पुस ८ गतेदेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रको दायाँबायाँको भौतिक संरचनामा डोजर चलाएसँगै भरतपुरवासीलाई त्रसित बनाएको छ । सूचना म्याद सकिनै लाग्दा कतै व्यक्ति स्वयम्ले संरचना हटाउन थालेका छन् । महानगरपालिकाले जारी गरेको सूचनाको म्याद सोमबार सकिएको हो ।
भरतपुर महानगरपालिकाले बनाएको मापदण्डको विषयमा चर्को आवाज उठेको हुँदा अर्को सूचना ननिकालेसम्म नआत्तिन वडा अध्यक्ष महर्जनले वडावासीलाई आश्वासन दिएका छन् । ‘अव्यवस्थित बसोवास र सामाजिक संघसंस्था बसेको ठाउँको विषयमा समेत कुरा उठेको छ’, उनले भने, ‘त्यस विषयमा पनि थप छलफल भइरहेको छ ।’ तर, सडक डिभिजनले पुस ८ गतेदेखि गरेको काम भत्र्सनायोग्य रहेको अध्यक्ष महर्जनले बताए ।
महानगरपालिकाले पनि रेखाङ्कनको काम नसकिएको हुँदा सकिएपछि मात्रै भत्काउने कुरा भएको उनले बताए । महानगरपालिकाले सूचना निकालेपछि पहिलोपटक वडा नं–१ ले वडावासीसँग छलफल गरेको उनले दाबी गरे । तर, सडकको मापदण्डभित्र पर्ने संरचनामा वडा बाधक नबन्ने उनको भनाइ छ ।
‘हामी विकासविरोधी होइनौँ, तर विकासको नाउँमा जनताले दुःख पाउनु पनि राम्रो होइन भन्नेमात्रै हो’, उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर वडा नं–१ मा सडक मापदण्ड विषयक छलफल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














