२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ

प्रकाशित मिति : २०७९ पुष २३ गते

रत्ननगर / रत्ननगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ शुक्रबार रत्ननगर कार्यपालिका परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा ३० भन्दा बढी नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले ढिलासुस्ती हटाइनुपर्ने, अव्यवस्थित बसोबास गरिरहेका भूमिहीनको व्यवस्थापन गरिनुपर्ने, विद्यालयमा अभिभावकलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाइनुपर्ने, दमकलको व्यवस्था, दैवीप्रकोप पूर्वतयारी तालिम, सडक सुरक्षा, पार्किङ व्यवस्थापन, खेलाडी उत्पादन, खोलाको ठेक्का खोल्नुपर्ने, साइनबोर्ड कर पुनर्विचार गरिनुपर्ने, फोहोर व्यवस्थापन र सुरक्षा मापदण्ड, बिउपूँजीसहितको महिला उद्यमी तालिम, विद्यालय अनुगमन, लागूऔषध नियन्त्रण, सहकारीको नियमन, मेलमिलाप समितिको पूर्णतालगायतका विषयमा जिज्ञासा राखेका थिए ।
नगरवासीले उठाएका विविध सवालबारे नगरप्रमुख प्रल्हाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, पूर्वमेयर नारायण वन, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रविनबाबु रेग्मीले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, नेकपा (एमाले)का नगरकमिटी सचिव शिवराज सुवेदी, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रामनाथ भट्टराई र राप्रपाका नगरअध्यक्ष गोविन्द अधिकारीले नगरले गर्नुपर्ने कामकारबाहीका विषयमा चर्चा गरेका थिए ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उठेका सवाललाई नगरपालिकाले गम्भीररूपमा मनन गरेर अगाडि बढ्ने, सुझाव पेटिकामा संकलित सुझावहरुलाई मध्यनजर गर्दै कार्यपालिकाको बैठकमा समीक्षा गरेर कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सुरू गरेको विपन्नहरुको स्वास्थ्य उपचार कोष, स्वास्थ्य बिमा, सेवाग्राहीको सेवा प्रवाह र भुक्तानी प्रणालीमा सहजताजस्ता कार्यहरुको सराहना गर्दै नगरपालिकाको कर्मचारी प्रशासनलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
विप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमअघि ५० जना सेवाग्राहीबीच गरिएको सर्वेक्षणमा नगरपालिकामा जुनसुकै काम गराउँदा घूस खुवाउनु नपरेको, कसैको भनसुनमा काम गराउनु नपरेको र राजनीतिकरूपमा पूर्वाग्रही भई काममा ढिलासुस्ती नगरेको पाइएको थियो । असल शासनको अभ्यास रत्ननगरले अवलम्बन गर्दै गएको पनि सर्वेक्षणमा सहभागीहरुले राय प्रकट गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34