२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

भरतपुर अस्पतालको स्वेतपत्र जारी : पर्याप्त जनशक्ति र उपकरण अभाव

प्रकाशित मिति : २०७९ पुष २३ गते

चितवन / चितवनको भरतपुर अस्पतालले स्वेतपत्र जारी गरेको छ । अस्पतालका नवनियुक्त अध्यक्ष राजु पौडेलले शुक्रबार अस्पतालको स्वेतपत्र जारी गरेका हुन् ।
अध्यक्ष पौडेलले अस्पतालमा हाल भएका सेवा, सुविधा, जनशक्ति, पूर्वाधार लगायतका विवरण सहितको स्वेतपत्र जारी गरेका हुन् । पछिल्लो समय पूर्वाधार र जनशक्ति अभावले जनअपेक्षित सेवा प्रवाह हुन नसकेको र त्यसतर्फ कदम चाल्नुपर्ने देखिएको छ ।
सरकारी दरबन्दीको न्यून कर्मचारी, बिरामीको अनुपातमा पर्याप्त जनशक्ति र उपकरण अभाव रहेको स्वेतपत्रमा उल्लेख गरिएको छ । अस्पतालमा गत आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ५२ हजा ८९४ जनाले बहिरंग (ओपिडि) सेवा लिएको देखिन्छ । आकस्मिक कक्षमा २७ हजार ६१७ जना र २६ हजार ८४० जनाले भर्ना भएर सेवा लिएका छन् ।
अस्पतालका ६०० शैयामध्ये ७८.६१ प्रतिशत अक्युपेन्सी गत आर्थिक वर्षमा छ । अस्पतालमा भर्ना हुने बिरामीको सरदर बसाई ४ दिन हुने गरेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी अस्पतालमा मृत्युदर, ०.९१ प्रतिशत, शल्यक्रियासँग सम्बन्धित मृत्युदर ०.१ प्रतिशत रहेको छ । गुरुयोजना अनुसारको काम हुन नसक्नुले पनि सेवा प्रभावित भएको अध्यक्ष पौडेलको भनाई छ ।
उनले सरकारी ५०० बेड अनुसार १ हजार ८४ दरबन्दी स्वीकृत गराउनु पर्ने भन्दै मेडिकल कलेज वा प्रतिष्ठान बनाउन संस्दबाटै ऐन पास गर्नु महत्वपूर्ण विषय भएको बताए ।
सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद प्रक्रियाले टेण्डर नै नपर्ने समस्याले फार्मेसीमा पर्याप्त औषधि नहुने गरेको बताए ।
कम चल्ने औषधिहरुको टेण्डर नै नपर्ने गरेको भन्दै टेण्डर परेकाहरुले पनि समयमा औषधि नदिंदा समस्या हुने गरेको उनको भनाइ छ । उनले समयमा आपूर्ति नगर्ने १० वटा सप्लायर्सलाई कारवाही गरिसकिएको पनि जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51