२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति : २०७९ माघ १३ गते

गैंडाकोट / आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्यामा परेका गैंडाकोटका मिर्गौला पीडित सन्तोष सापकोटालाई नवलपुर समाज जापानको आर्थिक सहयोग प्राप्त भएको छ ।
रोजगारीका क्रममा जापानमा बसोवास गर्ने नवलपुर लगाएत जिल्लाका प्रवासी हरुले संकलन गरेको कुल २,७५,००० (दुइलाख पचहत्तर हजार) रकम शुक्रबार गैंडाकोटका समाजसेवी सि.आर कंडेल, माधब कंडेल, भागिरथ सापकोटा लगाएतको रोहवरमा पिडितलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेको जानकारी पाए लगत्तै नवलपुर समाज जापानको पहलमा रकम संकलन गरिएको समाजका अध्यक्ष कृष्ण खरेलले जानकारी गराउदै आफ्नो संस्थाले स्थापनाकाल देखिनै समाजसेवाका काम गरेको र आफ्नो संस्थाले जस्तै अन्य प्रवासीले समेत आफुले कमाएको केही आर्थिक रकम सामाजिक क्षेत्रमा उपयोग गर्न सके पुण्य प्राप्त हुने बताउदै सम्पुर्णमा सहयोगी भवना हुनुपर्ने जोड दिदै दुवै मिर्गौलाले काम नगरेका पिडित सापकोटाको सु–स्वास्थ्यको कामना गरे ।
केही समय अघि देखि दुवै मिर्गौला काम नलाग्ने भई दैनिक जस्तो डायलासिस गराउदै आएको मिर्गौला पीडित सन्तोषका बुवा रामचन्द्र सापकोटाले जानकारी दिदै उनले आफन्त हरु आफ्नो छोराका लागि मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थ अभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बताउदै नवलपुर समाज जापान लाई धन्यवाद दिए ।
आर्थिक स्थिति कम्जोर भएको कारण उपचार मा समस्या भएको भन्ने थाह पाए अनुसार नवलपुर समाज जापान आर्थिक अभियानमा जुटेको र अभियान लाई साथदिने सम्पुर्ण लाई धन्यवाद दिदै नवलपुर समाज जापानका प्रवक्ता सुरेश सापकोटाले आगामी दिनमा समेत सामाजिक सेवामा यसै गरि आफु र आफ्नो संस्था लागिपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72