चितवन / चितवनमा एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।
चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
उनले पक्राउ गरिएका उनीहरुमाथि ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको बताए । पक्राउ परेकाबाट एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको छ ।
सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ ।
पक्राउ परेका निजहरुबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताए । हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागु औषधसम्बन्धी एक सय छ वटा निवेदन दर्ता गरिएको छ ।
- ADVERTISEMENT -

चितवन प्रहरीद्वारा एक वर्षमा २ सय २४ जना फरार प्रतिवादी पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












