२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा पहिलो पटक नेवार समुदायको सामुहिक ब्रतबन्ध र ईही

प्रकाशित मिति : २०७९ माघ २९ गते

चितवन / जिल्लामा पहिलो पटक नेवार समुदायले सामुहिक ब्रतबन्ध र इही (बेलविवाह) कार्यक्रम गर्ने भएको छ । नेवाः पुचः नारायणगढ चितवनले शनिबार पत्रकार सम्मेलन मार्फत यही फागुन २८ र २९ गते सामुहिक ब्रतबन्ध र इही (बेलविवाह) कार्यक्रम गर्ने जानकारी दिए ।
ब्रतबन्ध संयोजक रमेशकुमार श्रेष्ठले नेवारी कला, संस्कृति, लिपी, भाषा, भेषभुषाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध र इही (बेलविवाह) कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रम कमलनगरस्थित नेवाः पुचःको आफ्नै भवनमा गरिने बताइएको छ ।
उक्त कार्यक्रम अन्तर्गत ब्रतबन्धका लागि रु ४ हजार प्रति बटुक र ईहीका लागि रु ३ हजार प्रति कन्या सहभागिता शुल्क लाग्ने उनले बताए । नेवार संस्कार अनुसार कन्याहरु रजस्वला नहुँदै विजोर वर्ष (५ देखि ११ वर्ष) भित्र इही गर्ने परम्परा छ ।
अहिलेको वर्तमान अवस्थामा भड्किलो र आर्थिक रुपले खर्चिलो हुने पुरोहितलगायतलाई व्यवस्थापन गर्न संस्थाले नेवार समुदायको हितलाई मध्यनजर गर्दै सो कार्यक्रम गर्न लागिएको ईही संयोजक सुषमा पियाले बताइन् । कन्याहरुको कर्म चलाउने संस्कार ईही सम्पन्न भएपछि सिउँदोमा सिन्दुर सजाउन पाउने छुट भएको संयोजक पियाको भनाइ छ ।
कार्यक्रम संस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष राममाया पिया लगायतकको उपस्थिति रहेको थियो ।
जिल्लामा नेवार समुदायको ४९ गुठी रहेको छ भने नेवाः पुनः नारायणगढ २०५० सालमा स्थापना भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22