March 29, 2024

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

February 18, 2023
Sketch

चितवन / भरतपुर महानगरपालिका–४ लंकु पुलस्थित भित्रि सडक खण्डमा योद्धा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा प्र–०३–००१ च १३६७ नम्बरको योद्धा गाडीको ठक्करबाट बा प्र–०३–००४ प ४४६७ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा घर भई हाल भरतपुर–४ बेलचोकमा डेरा गरी बस्ने वर्ष ३४ प्रभाकर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हिजो राती करिब ११ः१५ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा राती ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
ठक्कर दिने गाडी र गाडी चालक भरतपुर–१५ मंगलपुर बस्ने वर्ष ३० को प्रभु विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -