२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा मगर समुदायले मनाए ४१औं स्थापना दिवस, चार जना सम्मानित

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते

चितवन / नेपाल मगर संघ, जिल्ला समिति चितवनले चार जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नारायणी नदी किनारमा सोमबार आयोजित ४१औँ मगर स्थापना दिवसको अवसरमा चार जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
स्थापना दिवसमा सम्मानित हुनेहरुमा नेपाल मगर पत्रकार संघ, चितवनका अध्यक्ष आशिक रानामगर, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानामगर, जिल्ला समन्वय समिति चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजालीमगर र नेपाल मगर संघका संस्थापक सदस्य बुद्ध थापामगरलाई संयुक्तरूपमा सम्मान गरिएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि रेनु दाहाल, नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुरालगायतले संयुक्त रुपमा चार जनालाई सम्मान गरिएको हो । मगर समुदायमा जन्मिएर समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरेको थियो । कार्यक्रममा मौलिक एवम् प्रत्यक्ष गायनमा जोडिएका लोक नृत्यसहितका नाचगान भएका थिए । मगर जातिको मौलिक संस्कृति जोगाउन पनि यस्ता मौलिक सिर्जनालाई प्रश्रय दिनुपर्ने अध्यक्ष आलेमगरले बताए ।
तर, त्यसका लागि राज्यको निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘नेपालका हरेक जातिको सांस्कृतिक पक्षको संरक्षण गर्न राज्यले लगानी गर्नुपर्छ,’ उनले भने, ‘किनभने सम्बन्धित जातिको प्रयासले मात्रै संरक्षण गर्नु चुनौतीपूर्ण विषय हो ।’
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले जातीय संस्कृति संरक्षणमा सबै जातिले भूमिका खेल्नुपर्ने बताए । ‘मगर जातिले आफ्नो संस्कृति संरक्षण गर्न पहिले मगर जातिलाई नै एकठाउँमा गोलबन्द गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि अन्य समुदायसँग पनि सहकार्य गरेर साथ सहयोगमा दोहोरो भूमिका खेल्न सक्नुपर्छ ।’
नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगरले भने मगर समुदायको सांस्कृतिक संरक्षणको लागि राज्यले लगानी गर्नै नचाहेको आरोप लगाए । स्वर्गीय नेताको नाममा विभिन्न प्रतिष्ठान खोलेर राज्यकै कोष सिध्याइरहँदा आदिवासी जनजातिको संस्कृति संरक्षणमा भने चासो नदिएको उनको भनाइ छ। ‘हरेक जातिभित्रको सांस्कृतिक संस्कारमा विविधता छ,’ उनले भने, ‘त्यसलाई जोगाउने दायित्व राज्यको पनि हो। तर, यहाँ राज्यको नेतृत्व तहले हामीमाथि अन्याय गरिरहेका छन् ।’
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने आदिवासी जनजातिको हक अधिकारका लागि दस वर्षे सशस्त्र संघर्षले मह¤वपूर्ण भूमिका खेलेको दाबी गरिन् । ‘उक्त संघर्षमा मगर जातिको पनि मह¤वपूर्ण योगदान रह्यो,’ दाहालले भनिन्, ‘जसले गर्दा आज मगरकै छोरो सत्तामा पुग्न सफल भएका छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22