चितवन / कालिका नगरपालिकामा कर्मचारीको अभावले सेवाप्रवाहमा समस्या देखिएको छ । नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्याअनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था हुने भने पनि दरबन्दी पूर्ति भएको पाइएको छैन ।
कर्मचारी समायोजन र भएका कर्मचारी सरुवा भएर जाने तर आउने कोही नभएपछि कर्मचारीको अभाव देखिएको हो । कर्मचारी अभावले विषयगत शाखा विस्तारमा समेत समस्या देखिएको छ । यद्यपि एउटा विषयगत शाखालाई दोहोर–तेहोरो जिम्मेवारी समेत दिएर सेवा संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बताए ।
आवश्यक अन्य जनशक्ति व्यवस्थापनका लागि पटकपटक केन्द्र र प्रदेश सरकार र लोक सेवा आयोग सङ्ग कर्मचारी माग गरिए पनि सुनुवाइ हुन नसकेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित भएको उपाध्याय बताउँछन् । हाल एकजना वडासचिवलाई २ वटा वडाको जिम्मेवारी दिएर कार्य संचालन गरिएको छ । वडा नं. ३ र ७, ९ र ८ र १० र ११ मा एकएक जना सचिवलाई जिम्मेवारी तोकिएको छ । एकजनाले दुईवटा वडा हेर्नुपर्दा सेवाप्रवाह चुस्त हुन सकेको छैन ।
कर्मचारी अभावको कारण सरुवा भईसकेका कर्मचारीको समेत रवाना रोकेर राखिएको उपाध्यायले बताए । केही कर्मचारी करार र ज्यालामा राखिए पनि कामकाज प्रभावकारी हुनसकेको छैन । कर्मचारी अपुग भए पनि करारमा राख्न नगरपालिकाको आर्थिक श्रोतले नधान्ने उपाध्याय बताउँछन् ।” विकासे बजेट काटेर कर्मचारी राख्न सकिंदैन, हाम्रा दुःख प्रदेश र संघले सुनेनन् ।’ उनले भने । यसरी कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन समस्या भएको छ भने योजना कार्यान्वयनमा पनि समस्या देखिंदै आएको छ ।
विशेषगरी प्रदेश सरकारले स्थानीय तहहरुलाई मद्दत गर्नुपर्नेमा पूर्वाग्रही तरिकाले कर्मचारी सरुवा गरिदिंदा नगरपालिकामा कर्मचारी अभाव हुँदै गएको उपाध्यायले बताए । सेवाग्राहीहरु कागजपत्रमा सही गराउन एउटा वडाबाट अरूको वडा जानु परिरहेको त्यहाँका सेवाग्राीहरुले जनाएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिकामा कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई मर्का

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














