२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल तामाङ घेदुङ चितवनमा बाबुलाल तामाङको नेतृत्व

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते

चितवन / नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको पाँचौ अधिवेशनबाट अध्यक्षमा बाबुलाल थिङ निर्वाचित भएका छन् । भरतपुरको जिल्ला समन्वय समिति चितवनको सभाहल सम्पन्न उक्त अधिवेशनबाट २१ सदस्यीय रहने गरी कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षहरुमा निलिमा गोङ्बा, पानुमाया तामाङ, नरजङ तामाङ र सचिवमा सन्देश घलान निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा आइतीमाया तामाङ र सहसचिवहरुमा जितबहादुर तामाङ, डम्बरबहादुर तामाङ छानिएका छन् ।
यस्तै सदस्यहरुमा यमबहादुर तामाङ, बोधबहादुर गोले, अशोक पाख्रिन, धनबहादुर तामाङ, माया तामाङ, बुद्धिमाया तामाङ चयन भएका छन् ।
नवनिर्वाचित सचिव घलानका अनुसार १७ सदस्यीय कार्यसमिति गठन हुनुपर्नेमा हाल १४ सदस्यीय मात्र भएको छ भने रत्ननगर र खैरहनी नगरपालिकाबाट ३ जनालाई कार्यसमितिको पहिलो बैठकबाट पूर्णता दिने जानकारी दिए ।
घेदुङको संघीय विधानतः २१ सदस्यीय कार्यसमिति गठन गरिने प्रावधान रहेको छ भने तत्काल १७ सदस्यीय मात्र कार्यसमिति गठन गरिने उनको भनाइ छ । उनले थप ४ जना भने तामाङ समुदायबाट बुद्धिजीवी सर्कलका व्यक्तित्वहरुलाई मनोनयन गरिने बताए ।
नवनिर्वाचित अध्यक्ष थिङले संस्थागत विकास र उन्नतिका लागि मिडियामैत्री बनाउँदै तामाङ समुदायको समाज रुपान्तरणमा जोड दिने बताए । समुदायमा तामाङको संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको प्रचार प्रसार ब्यापक बनाउने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज सोम गोले तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा राप्ती नगरपालिका निवर्तमान उपमेयर इमानसिंह लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका राजेश रुम्बा लामा, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ चितवनका कार्यवाहक अध्यक्ष मैतसिंह घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34