चितवन / रत्ननगर नगरपालिका देशका ७५३ पालिकामध्ये नगरव्यापी समावेशी सरसफाइ क्षेत्रमा उत्कृष्ट भएकाले नेपाल नगरपालिका संघले पुरस्कृत गरेको छ ।
नेपाल नगरपालिका संघले सहरी सरफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिकसँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा बुधबार होटल म्यारियोट काठमाडौँमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र उपप्रमुख यादवप्रसाद पाठकलाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार’ प्रदान गरिएको हो ।
युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिकका प्रमुख अशोककुमार बेन्जु श्रेष्ठ र महासचिव वेनादिया इरावती तेजेन्द्रादेवीले संयुक्तरूपमा पाँच हजार डलर राशीको सो पुरस्कार एवं अवार्ड हस्तान्तरण गरेका हुन् ।
युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसन–ारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले विभिन्न च्यारिटी, वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले उत्कृष्ट नगरपालिकाको पुरस्कार पाउँदा खुसीको सीमा नरहेको बताउँदै नगरपालिकामा कार्यभार सम्हालेको ११ महिनामै उत्कृष्ट पुरस्कार पाउन सफल भएको र आगामी दिनमा सुशासन र समृद्ध नगरका लागि अझै सफलता हासिल गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘सचेत नागरिकका कारणले सरसफाइका थुप्रै सूचकाङ्क पूरा गरी नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ, म सबै नगरवासीप्रति आभार प्रकट गर्न चाहन्छु ।’
- ADVERTISEMENT -

देशैभरिमा रत्ननगर नगरपालिका उत्कृष्ट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













