२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मातातीर्थ औंशीमा तामाङ पत्रकारको भित्तेपात्रो सार्वजनिक, सन्तोष तामाङ सम्मानित

प्रकाशित मिति : २०८० बैशाख ८ गते

–प्रतिमा तामाङ
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले मातातीर्थ औंशीको अवसर पारेर २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ । संघले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो बिहीबार भरतपुरमा विमोचन गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले तामाङ पत्रकार संघलाई महासंघले गर्ने सहयोगमा कुनै कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गरे ।
उनले पत्रकारितामा इच्छुक तामाङ पत्रकारहरुलाई विभिन्न किसिमका तालिमको व्यवस्था र महासंघमा सदस्य सहजीकरणका लागि जोड दिने बताए । आउँदो दिनहरुमा महासंघले संघसँग सहकार्य गरेर अघि बढ्ने उनको जोड थियो ।
विभिन्न ठाउँहरुमा छरिएर रहेका तामाङ पत्रकारहरुलाई संघले एकीकृत गर्नुपर्ने उनको भनाइ थियो । उनले संघ अन्तर्गतका तामाङ सदस्यहरुले भित्तेपात्रो प्रकाशन गरेकोमा बधाई दिँदै यसले आर्थिक पाटो पनि बलियो हुने बताए ।


तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका अध्यक्ष बबिलाल तामाङले एक दशकदेखि भित्तेपात्रो निरन्तर प्रकाशन गर्दै आएको बताए । २०७२ सालदेखि संघले निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । कार्यक्रममा उनले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
कार्यक्रममा संघले छिट्टै नै ‘तालिम भाषा प्रशिक्षण तालिम’ ल्याउन लागेको बताए । उनले तालिम विशेषगरी तामाङ समुदाय लक्षित भएकाले तामाङ भाषा सम्बन्धी ज्ञान नभएकालाई जुट्न आह्वान समेत गरे ।
कार्यक्रममा बैशाख महिनामा नै तामाङ भाषा प्रशिक्षण तालिमको तीव्र तयारी भइरहेको जानकारी गराइएको थियो । पहिलो चरणमा ४० जना सहभागिता गराउने लक्ष्य राखिएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


यसैबीच तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले सन्तोष तामाङलाई सम्मान गरेको छ । संघको हित र उन्नयनका लागि विभिन्न कोणबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै तामाङलाई सम्मान गरिएको हो ।
सम्मानित तामाङ नमस्ते टिभी र न्यूजप्रवाह साप्ताहिकमा कार्यरत छन् । उनी लामो समयदेखि यस क्षेत्रमा आवद्ध छन् ।¬
कार्यक्रममा नेपालमा तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, पाख्रिन तामाङ समाज चितवनका अध्यक्ष ज्ञानबहादुर तामाङ, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् भरतपुर अध्यक्ष अजयकुमार तामाङ, भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङ, श्री विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाका अध्यक्ष शिवकुमारी तामाङ, थारु पत्रकार संघ केन्द्रीय सदस्य सुमित्रा महतो, लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको हो भने संचालन सचिव प्रकाश तामाङले गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34