March 29, 2024

आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

May 3, 2023
File photo

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ भने देशका पहाडी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -