२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘प्रचारप्रसारमा पत्रकारहरुको भूमिका नेतृत्वदायी हुने’

प्रकाशित मिति : २०८० जेष्ठ २ गते

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष अरुण पीडित भण्डारीले पत्रकारहरुसँगै समन्वय गरेर अघि बढ्ने बताएका छन् । नेकपा (समाजवादी) चितवनको भर्खर मात्रै अध्यक्ष पदभार सम्हालेका भण्डारीले समाजवादी प्रेस संगठन जिल्ला शाखाको आइतबार सम्पन्न विशेष बैठकमा सो बताएका हुन् ।
सो अवसरमा उनले समाजवादी प्रेस संगठन कार्यालय स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यालय स्थापनाको लागि आफूले विशेष पहल गर्ने र निकट भविष्यमा नै संचालनमा ल्याइने उनले बताए ।
हालको परिस्थिति जटिल छ यद्यपि निरुत्साहित नहुन उनले आग्रह समेत गरे । आगामी दिनमा प्रचार प्रसारका लागि पत्रकार साथीहरुकै नेतृत्वदायी भूमिका रहने उनको भनाइ थियो ।
यसैबीच समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य हरि अधिकारीले आगामी जेठ २६ र २७ गते हुने पहिलो राष्ट्रिय अधिवेशनका लागि जिल्लाबाट तीन जनालाई सहभागी गराउने जानकारी दिए । यद्यपी केन्द्रको परिपत्र जारी हुन भने बाँकी नै छ ।
बैठकमा समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले संगठनलाई सुचारु ढंगले अघि बढाउन कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । कार्यालय नहुँदा प्रचार प्रसारमा असहज भएको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले निकट भविष्यमै पत्रकार लक्षित कार्यक्रम गर्नुपर्ने टड्कारो आवश्यक रहेको बताए ।
यस्तै संगठनका सहसचिव सरस्वती तामाङले पार्टीले पत्रकारलाई समेटेर अघि बढ्नु पर्ने सुझाव दिए । पार्टीको हरेक गतिविधिमा पत्रकारहरुको बाक्लो उपस्थिति हुनुपर्ने उनको जिकिर थियो ।
कार्यक्रममा सचिव रामु आचार्य, सदस्य विशाल आले लगायतले आ–आफ्नो भनाइ राखेका राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34