चितवन / भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले अब्बल खेलाडी उत्पादन गर्ने महानगरको लक्ष्य रहेको बताउनु भएको छ । पछिल्ला बर्षहरुमा महानगरपालिका सबै क्षेत्रमा अब्बल साबित हुँदै गएको भन्दै उप प्रमुख अधिकारीले खेल क्षेत्रमा पनि हाम्रो महानगरलाई अब्बल बनाउने योजना रहेको उल्लेख गर्नु भयो ।
वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा आज देखि शुरु भएको अन्तर टोलस्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले महानगरपालिका एक वडा एक खेल मैदानको अबधारणामा अगाडि बढेको समेत प्रष्ट पार्नु भयो । अब वडा स्तर बाटै खेलाडीहरुको पहिचान गरि आउन जरुरी छ उप प्रमुखले भन्नू भयो, खेलकुद क्षेत्रको बिकासका लागि महानगर जस्तोसुकै कदम चुकाउन पनि तयार छ ।
उहाँले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुद कर्मिहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा आग्रह गर्नु भयो । भरतपुर महानगरपालिकाले बिकास सगसगै खेलकुद लाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले प्रष्ट पार्नु भयो । स्वस्थ्य जिबनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्त्वपूर्ण अग भएको उप प्रमुखको ठहर छ । प्रतियोगितामा भरतपुर–१२ का २३ वटा टोल मध्ये १७ वटा टोल सहभागी भएका छन ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि प्रतियोगिता सन्चालन गरिएको छ । प्रतियोगिता रामबेल सामुदायिक वनको मैदानमा आयोजना गरिएको छ । आजको उद्घाटन खेलमा कालिका टोल र पोख्रेली टोल भिडेका छन् । आज नै हुने दोस्रो खेलमा राधाकृष्ण टोल र सहयोगी टोल भिड्ने वडा खेलकुद विकास समिति भरतपुर–१२ का उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

महानगरको अब्बल खेलाडी उत्पादन गर्ने लक्ष्य हो : उपप्रमुख अधिकारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













