काठमाडौं / सन् २०२३ को पाँच महिनाको अवधिमा चार लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन् ।
मे महिनामा मात्रै ७७ हजार ७ सय ३० पर्यटक नेपाल आएका छन् । यसैगरी, जनवरी महिनामा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ७३ पर्यटक भित्रिएका थिए ।
तथ्यांकअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५ सय ४५, चीनबाट चार हजार ६ सय ६७, बेलायतबाट २ हजार ९ सय २७, अष्ट्रेलियाबाट २ हजार १ सय ८४ जना पर्यटक आएका छन् ।
बंगलादेशबाट दुई हजार १ सय ६४, मलेसियाबाट १ हजार ३ सय २१, जर्मनीबाट १ हजार १ सय ६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।