–सन्तोष तामाङ
भरतपुर । तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको छ । संघले भरतपुर महानगरपालिकासँग समन्वय गरेर एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ तालिम शुक्रबार सम्पन्न गरेको हो । तालिम जेठ २७ गतेदेखि सुरु भएको हो ।
समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताए । त्यसका लागि पुस्तान्तरण आवश्यक रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले स्थानीय सरकारले पनि मौलिक भाषा संरक्षणमा सकेको सहयोग गर्दै जाने बचन दिए ।
भरतपुर स्थित जिल्ला समन्वय समिति चितवनमा भएको प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको संघका अध्यक्ष बबिलाल तामाङले बताए । समग्र तामाङ समुदायले मातृभाषा नबोल्ने र हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा भाषा संरक्षणको लागि कक्षा सञ्चालन गरेको उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताए । जिल्लामा रहेका १७ वटा आदिवासी जनजातिमध्ये थारू र चेपाङबाहेक अन्य जाति बाहिरी जिल्लाबाट आएर बसेको हुँदा भाषामा समस्या भएको उनले बताए ।
देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने र एकापसमा आफ्नो भाषा पनि बोल्न नखोज्ने समस्याका कारण भएको भाषा पनि लोप हुँने अवस्थामा आइपुगेको उनको भनाइ छ ।
प्रशिक्षणमा सहभागी तीन जना गैर तामाङलाई तामाङ जातिको टोपी लगाएर सम्मानसमेत गरेको थियो । चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए । तालिममा अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न, भाषा संरक्षण गर्न आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













