काठमााडौँ / कृषिमन्त्री वेदुराम भुसालले कानुन मिचेर कालीमाटी र बालाजु तरकारी बजारका सटरको जिम्मा विचौलियालाई दिएका छन् ।
खुला प्रतिस्पर्धा छाडेर मन्त्री भुसालको सहमतिमा कालीमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल दुई वर्षका लागि नवीकरण गर्ने निर्णय कालीमाटी बजार समिति बोर्डले गरेको हो । बजार विकास समितिका अध्यक्ष एवम् मन्त्रालयका सहसचिव मदन भुजेलले बजारको पसलको भाडामा वृद्धि गरिएको र दुई वर्षका लागि म्याद थप गरिएको बताए । जबकि, तरकारी बजारमा १५ वर्षदेखि विचौलियाको राज छ ।
०६५ मा वितरण भएको कालिमाटीको ५६६ र बालाजु तरकारी बजारको ५६ गरी ६२२ वटा पसलको करार सम्झौता असार मसान्तमा सकिँदै थियो । प्रतिस्पर्धाबाट किसान र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने थियो ।
बजारका पसल सटरहरु भाडामा लगाउने सम्बन्धी कार्यविधिले खुल्ला प्रतिस्पर्धाबाट मात्रै बजारमा किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा दिनु पर्ने उल्लेख छ । स्रोतका अनुसार बजारको भाडामा रहेको सटर पुरानै व्यवसायीलाई नवीकरण गराउन चलखेल भएको छ । प्रतिपसल १५ लाखदेखि २० लाख रुपैयाँसम्म उठाइएको र यसबाट एक अर्ब चलखेल भएको ठानिएको छ ।
आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पनि कुन कानुनअन्तर्गत कालीमाटी तथा बालाजुका तरकारी पसलका सटरको २ वर्ष म्याद थपेको भन्दै मन्त्री भुसाललाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘म जान्न चाहन्छु कि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग यो कुन कानुनअन्तर्गत कालिमाटी बजारको म्याद थप्नुभयो रु ती सटरहरूको म्याद थप्नुभयो, त्यसलाई दुई वर्ष बढाउनुभयो ।
कुन कानुनअन्तर्गत रु के भएको हो हामी जान्न चाहन्छौँ ।’ उनले पनि सटर भाडाको म्याद थप्दा करोडौँको चलखेल भएको दाबी गरे । बालाजुको कृषि बजारका सटरहरूका बारेमा पनि कृषिमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने साहको माग थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कानुन मिचेर विचौलियालाई कालीमाटी र बालाजु तरकारी बजार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













