तनहुँ / देवघाट गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवाहरूका लागि स्वरोजगारका लागि अनुदान दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा युवाहरुका लागि १९ लाख ९८ हजार रूपैयाँ अनुदान दिएका छन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार दुई लाख ७८ हजार र केन्द्र सरकारबाट १७ लाख २० हजार रूपैयाँ बजेट व्यवस्थापन गरेर उद्यमीहरूलाई अनुदान दिइएको हो । अनुदानमा सबैभन्दा बढी कृषि क्षेत्रमा जोड दिइएको अध्यक्ष थापामगरले बताए ।
उनका अनुसार कृषि क्षेत्रमा मात्रै १४ लाख रूपैयाँ लगानी गरेको छ । ‘पालिकाभित्रका ३३ वटा कृषि फर्मले यो सुविधा पाएका छन्,’ अध्यक्ष मगरले भने,‘ वैदेशिक रोजगारीको सिलसिलामा छुट्टीमा घर फँर्कदा कोविड १९ कोरोना भाईरसका कारण रोजगारी गुमाएका व्यक्तिहरु स्वदेशमै कृषि लगायत अन्य व्यवसाय गरी अगाडी बढी रहेका उद्यमी युवाहरुलाई केहि हदसम्म टेवा पुग्न सकोस् भन्ने उद्देश्य साथ कम्तिमा कृषि पेशाबाटै आफ्नो गाउँमा बस्ने वातावरण बनोस् भन्ने हाम्रो लक्ष्य हो।’
देशभरका ७५३ वटा स्थानीय तहमध्ये ८१ वटामा सामी कार्यक्रम सञ्चालन भएको हो। जसमध्ये तनहुँको ७ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए। वैदेशिक रोजगारबाट फर्केका उद्यमी युवाहरूलाई प्रोत्साहन स्वरुप यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
स्थानीय क्षेत्रमै कृषि क्रान्तिमार्फत आत्मनिर्भर बनाउने योजनासहित गाउँपालिकाले कृषि क्षेत्रमा अनुदानको व्यवस्था मिलाएको उनको भनाइ छ। कृषिमा भैँसीपालन, बाख्रापालन, कुखुरा पालन, बंगुर पालन, माछापालन, गाईपालनदेखि पुरानो गोठ÷खोर मर्मत र व्यवस्थापनलाई गाउँपालिकाले नजर लगाएको छ ।
‘जो व्यावसायिकरूपमा कृषि कर्म गर्न चाहन्छ, त्यस्ता व्यक्तिलाई फर्ममार्फत अनुदान दिलाएपछि केही वर्षमा त्यसको प्रतिफल आउँछ,’ उनले भने, ‘कृषि क्षेत्रमात्र नभई किराना व्यवसाय, मासु पसल, बिजुली पसल, ग्याँस पसल, खाजा घर, धान मिल सञ्चालन तथा मोटर खरिद, पेन्ट सम्बन्धी काम गर्नेहरूका लागि पनि अनुदानको व्यवस्था मिलाएको छ।’
पालिकाले एउटा फर्मको लागि अवस्था हेरेर ४६ हजारदेखि ७० हजार रूपैयाँसम्म अनुदानको व्यवस्था मिलाएको छ । जोश, जाँगर र सीप भएकाहरूलाई योग्यता र क्षमताका आधारमा अनुदानको व्यवस्था मिलाएको पालिकाका अध्यक्ष मगरले जानकारी दिए । आउँदा वर्षहरूमा पनि त्यस्ता व्यक्तिले व्यावसायिकरूपमै काम गर्न चाहेको खण्डमा गाउँपालिकाले सहयोग र साथ दिने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

देवघाट गापाको अनुदान कृषिमा बढी, उद्यमशील युवाहरु लाभान्वित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













