मकवानपुर / मकवानपुरमा सोमबार चार जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा दुई मृत अवस्थामा र दुई जना दुर्घटनामा परेर मृत्यु भएका हुन् ।
जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा परी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ४ पुरण्डिस्थित सोमबार एक जना युवती मृत अवस्थामा फेला परकी छन् । थाहा नगरपालिका–५, दामन बस्ने २४ वर्षीया स्वस्तिका डिमडुङ मृत अवस्थमा फेला परेकी हुन् ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, डिमडुङ आफ्नै मईती घरको जस्ताले छाएको टिनको टहरा भित्र बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
यस्तै, सोमबार नै साँझ ८ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सातकन्य पाखास्थित बस्ने स्थानीय ५५ वर्षीय बिरबहादुर मोक्तान मृत अवस्थमा फेला परेका छन् । मोक्तान घरबाट अन्दाजी १५० मिटर पुर्व खनायोको रुखमा नाईलनको डोरी भएको नाम्लोको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसैबीच मकवानपुरको हेटौंडामा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौंडा–१० बस्ने ६३ वर्षीय लालबहादुर घिसिङ रहेका छन् । दुर्घटनामा घाइते भएका घिसिङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार, सोमबार साँझ ७ः५० बजेको समयमा हेटौंडा–१० जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा हेटौंडा शिवम् सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नंम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको उनलाई ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम सडकखण्डमा सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर हेटौंडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृ्त्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सोमबार साँझ ४ः १० बजेको समयमा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँया साईडबाट ३० फिट तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा सहकारी अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.83
179.53

UK Pound Sterling
1
208.73
209.55

Swiss Franc
1
191.23
191.98

Australian Dollar
1
109.46
109.89

Canadian Dollar
1
111.17
111.61

Singapore Dollar
1
120.45
120.92

Japanese Yen
10
9.64
9.67

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.68
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.04
11.08

Swedish Kroner
1
16.15
16.21

Danish Kroner
1
23.92
24.01

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.34
406.93

Omani Rial
1
396.95
398.51













