देवघाट / आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेहरुबाट सात लाख चार हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरिएको छ । देवघाटमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले सात लाख चार हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको हो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट देवघाटका प्रहरी सहायक हवल्दार बुद्धिराज महतोका अनुसार वर्षभरिमा ट्राफिक नियम उल्लङ्घन गरेका कुल एक हजारवटा सवारीसाधनलाई कारबाही गर्दा हालसम्मकै सबैभन्दा बढी राजस्व संकलन भएको हो ।
सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल÷स्कुटर) कारबाहीमा परेको हवल्दार महतोले जानकारी दिए । कुल ७६३ वटा दुईपाङ्ग्रे सवारीसाधनको कारबाहीबाट मात्रै पाँच लाख ४३ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए । त्यसपछि जिप तथा कार कारबाहीमा परेका छन् । उनका अनुसार ११० वटा जिप तथा कार कारबाहीमा पर्दा त्यसबाट मात्रै ६८ हजार रूपैयाँ राजस्व संकलन भएको छ । ६२ वटा ट्रक कारबाहीमा पर्दा ४५ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
३८ वटा ट्रयाक्टर कारबाहीमा पर्दा त्यसबाट पनि ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको उनले बताए । तीनपाङ्ग्रे सवारी साधन (अटो)बाट पनि १६ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । एक वर्षभरिमा २६ वटा अटो कारबाहीमा परेका छन् । सबैभन्दा कम कारबाहीमा परेको यात्रु सवारीसाधन भने बस हो । एक वर्षमा जम्मा एउटामात्रै बस कारबाहीमा पर्दा त्यसबाट पाँच सय रूपैयाँमात्रै राजस्व संकलन भएको देवघाट प्रहरीसँग तथ्याङ्क छ ।
देवघाटमा एक वर्षभित्रै यति धेरै सवारीसाधनलाई कारबाही गरी राजस्व संकलन गरेको यो नै पहिलोपटक भएको उनले बताए । प्रहरी सहायक हवल्दार महतोका अनुसार यसअघिका वर्षहरुमा करिब साढे पाँच लाख रूपैयाँसम्म राजस्व संकलन भएको थियो । तर, यसपटक देवघाटमा सवारीसाधनको चाप बढ्नुका साथै ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या पनि बढ्दै जाँदा राजस्व संकलनमा पनि वृद्धि भएको उनको भनाइ छ ।
‘कारबाहीमा पर्ने अधिकांश सवारीसाधन बाहिरी जिल्लाबाट आउने गरेका छन्’, उनले भने, ‘देवघाटकै स्थानीय सवारीसाधनबाट त्यति धेरै ट्राफिक नियम उल्लङ्घन भएको पाइँदैन ।’ धेरैजसो मादक पदार्थ सेवन (मापसे) गर्ने र सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने भेटिएको उनको भनाइ छ । प्रहरीले सुरक्षा जाँचका लागि पनि सक्रियता बढाएका कारण धेरै सवारीसाधन कारबाहीमा पर्नुका साथै राजस्व संकलन पनि बढेको उनले बताए ।
‘शिक्षित तथा जानेबुझेकै व्यक्तिहरुबाट ट्राफिक नियम उल्लङ्घन भएको देखिएको छ’, उनले भने, ‘थाहा पाएर पनि थाहा नपाएजस्तो गर्नु भनेको जानाजान लापर्बाही गर्नु हो । त्यसैले हामीले देवघाटको ट्राफिक व्यवस्थापनमा निकै कडाइ गरेका छौँ ।’ देवघाटमा सवारीसाधन चोरीका घटना पनि बढ्दै गएको हुँदा सुरक्षा व्यवस्थाका लागि पनि चेकजाँचलाई कडाइ गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

एक हजार सवारी साधन कारबाहीमा, सात लाख बढी राजस्व संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












