२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

वैदेशिक रोजगारीको कहर

प्रकाशित मिति : २०८० आश्विन १० गते

चाहेर होस् वा नचाहेर नेपाली नागरिकले विदेशी भूमिमा श्रम गर्न बाध्य छन् । अहिले कुल जनसंख्याको २२ प्रतिशतभन्दा बढी अर्थात् ६५ लाख युवा वैदेशिक रोजगारीका क्रममा १११ भन्दा बढी मुलुकमा छरिएर रहेका छन् । बर्सेनि पाँच लाख युवा विदेशिन बाध्य भइरहेका छन् । देशभित्र रोजगारीका अवसर सिर्जना हुन नसक्दा विदेश जानु युवाको निर्विकल्प उपाय बन्न पुगेको छ । दैनिक १५ सयको हाराहारीमा युवा बाहिरिँदा मुलुकले बेहोर्नुपरेको दीर्घकालीन श्रमशक्तिको घाटा त आफ्नो ठाउँमा छँदैछ, विदेशिएका युवाले रोजगारमा बेहोर्नुपरेका सास्ती, भोग्नुपरेका कठिनाइँ र ठगिनुपरेका पीडा झनै भयावह छ । विदेशमा प्रसस्त कमाइ गर्न सकिने आशामा अधिकांश युवा ऋण खोजेर, जग्गा धितो राखेर, मिटरव्याजमा पैसा लिएर विदेशी भूमिमा श्रम गर्न तयार भइरहेका छन् । तर, तिनै युवा म्यानपावर कम्पनी तथा दलालको फन्दामा परेर ठगिएका खबर पनि उत्तिकै सार्वजनिक भइरहेको छ ।

नेपाली युवालाई विदेश जानुपर्ने नियति त छँदैछ । नेपाली समाजलाई विदेश मोहले यतिसम्म गाँजेको छ कि हरेक घरमा एसईई उत्तीर्ण नहुँदै विदेश जाने मानसिकता तयार भइसकेको हुन्छ । अहिले विदेशिएका युवा कति सुरक्षित छन् र रोजगारीको सुनिश्चितता कत्तिको छ भन्ने सवालचाहिँ बढी महŒवपूर्ण भएको छ । विगत दस वर्षयता वैदेशिक राजगारीका क्रममा ज्यान गुमाएका युवाको तथ्यांक कहालीलाग्दो छ । मानवअधिकारका लागि जनमञ्च नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत १० वर्षमा वैदेशिक रोजगारीको क्रममा करिब सात हजार जनाले ज्यान गुमाएका छन् । हरेक दिन युवा विदेश जान लामबद्ध भइरहँदा दैनिक तीनवटा लासका बाकसहरु त्रिभुवन विमानस्थल आइपुग्ने गरेका छन् । विदेशमा कमाइ गरेर भविष्यमा खुसी जीवन बाँच्ने सपना बोकेर आफ्नो मातृभूमि छाड्ने तिनै युवा काठको बाकसमा बन्द भएर फर्किंदा कति सपनाहरुको मृत्यु हुन्छ ?

- ADVERTISEMENT -

Advertisement

पर्याप्त सीप, ज्ञान र काम गर्ने क्षमता नहुँदा विदेश धेरैका लागि अभिसाप बन्न पुगेका दृष्टान्त छन् । अज्ञानताकै कारण सयौँ नेपाली विदेशी जेलमा फस्न पुगेका छन् । औसत नेपाली कामदारले विदेशमा गर्ने भनेको थ्रिडी (डर्टी, डिफिकल्टी र डेन्जरस) काम नै हो । थ्रिडी काम, हत्या, आत्महत्या, दुर्घटना, कुटपिटलगायतका कारणले नेपाली युवाको ज्यान जाने गरेको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेमध्ये धरैजसो कार्यस्थलमा हुने दुर्घटनाको सिकार हुन्छन् भने कतिपय सुतेकै अवस्थामा मृत भेटिन्छन् । यसबाहेक, आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ । कामको दबाब, भाषिक समस्या र पारिवारिक उल्झन तथा डिप्रेसनलगायतका कारणले दुबई, मलेसिया, साउदी अरब र कतारमा नेपाली युवाको बढीजसो मृत्यु हुने गरेको छ । असुरक्षित मानिएका मुलुकमा ठूलो संख्यामा युवाले ज्यान गुमाउनु परे पनि राज्यले विदेश पलायन रोक्न सकिरहेको छैन । असामयिक ढंगले हुने मृत्यु बढ्दै जानु चिन्ताको विषय हो । सरकारले विदेशमा अकालमा ज्यान गुमाउनेहरुको संख्यालाई मध्यनजर गर्दै जनशक्ति पलायन रोक्न र स्वदेशमै रोजगारको विकल्प दिने खालका योजना ल्याउन ढिलाइ गर्नुहुँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51