लन्डन / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका भेट्रान ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्टमार्फत सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका हुन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान राखिएको छ । च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले चेल्सीसँग अनुबन्ध प्रक्रिया अघि बढाएका थिए ।
अघिल्लो दुई समर ट्रान्सफरमा खेलाडी सरुवामा जान नपाएको चेल्सीले यो सिजन खुलेरै खेलाडी अनुबन्ध गर्दै यो ट्रान्सफर विन्डोमा ४ खेलाडी अनुबन्ध गरिसकेको छ । डच आयाक्सबाट हाकिम जीएच र जर्मन आरबी लाइप्जिगबाट टिमो वेर्नरलाई अनुबन्ध गरेको चेल्सीले यसै साता लेस्टर सिटीका बेन चिलवेल र फ्रान्सेली डिफेन्डर मालांग सारलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिसकेको छ ।
चेल्सीसँगको सम्झौता गरेपछि सिल्भाले लाम्पार्डको टोलीमा रहेर खेल्न उत्सुक रहेको बताए । ‘चेल्सीसँग अनुबन्ध हुन पाउँदा एकदम खुसी छु । फ्रान्क लाम्पार्डले बुनिरहेको यस युवा टोलीमा समावेश भएर सफलता हासिल गर्न म तयार छु । म स्टामफर्ड ब्रिजमा खेल्न लालायित छु,’ उनले भने । सिल्भा २०१२ मा इटालियन क्लब एसी मिलानबाट पीएसजी पुगेका थिए । त्यसअघि उनले ब्राजिली क्लब फ्लुमिनेन्सेबाट पनि खेलेका थिए । सिल्भाले पीएसजीबाट ३ सय १३ खेल खेल्दै १७ गोल गरेका छन् । उनले पीएसजीबाट ७ लिग वान, ६ कप डि ला लिग र समान पाँचपटक कप डि फ्रान्स र ट्रफी डेस च्याम्पियन्स जितेका छन् । ब्राजिलको राष्ट्रिय टोलीको समेत कप्तानी गरिसकेका सिल्भाले टोलीका लागि ८९ खेल खेल्दै ७ गोल गरेका छन् ।
ज्लाटन मिलानमै
भेट्रान स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानसँग थप एकवर्षको सम्झौता नवीकरण गरेको छ । मिलान र इब्राहिमोभिचबीच एक वर्षका लागि ७ मिलियन युरो (फिक्स) पारिश्रमिक कुनै पनि बोनस नपाउनेगरी सम्झौता भएको हो । एजेन्ट मिनो राइओलाले ३८ वर्षे इब्राहिमोभिचले मिलानसँग सम्झौता गरेको समाचार निराधार रहेको बताएको २४ घन्टा नबित्दै सम्झौताको समाचार बाहिर आएको हो ।
ज्लाटन जनवरीमा मिलान आएयता १८ खेल खेल्दै १० गोल गर्न सफल भएका थिए । उनकै उच्च प्रदर्शनमा मिलान १३ खेलसम्म अपराजित रहन सफल भएको थियो । इटालियन सिरी ‘ए’ सेप्टेम्वर १९ देखि सुरु हँुदै छ । क्लबले प्रशिक्षक स्टेफानो पिओलीको प्रशिक्षणमा प्रि–सिजन सुरु गरिसकेको छ । सम्झौता भएसँगै इब्राहिमोभिच प्रशिक्षणमा फर्कनेछन् ।
- ADVERTISEMENT -

चेल्सीतिर लम्कदैँ ‘सिल्भा’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













