२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा नवौं नेपाल फर्मा एक्स्पो हुने

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते

चितवन / नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा यही फागुन २५ गतेदेखि गर्न लागिएको आयोजकले जनाएको छ ।

एक्स्पोेका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेजसहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पताल रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ भएकाले यहाँ मेडिकल र प्राविधिक व्यक्तिको उपस्थिति पनि राम्रो छ । यो एक्स्पोे प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्युसन’ समेत भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “ एक्स्पोेमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङलाई तालिम हुन्छ । यहाँ सीपको आदानप्रदान गरिन्छ ।” एक्स्पोेका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोेका लागि एक सय ५० वटा स्टल बुक भइसकेको बताउनुभयो । एक्स्पोमा २० हजार हाराहारी प्राविधिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

उहाँले भन्नुभयो, “एक्स्पोेमा प्राविधिकसहित ठूलो सङ्ख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पोे फलदायी हुने उहाँको भनाइ छ ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले नेपालका औषधि अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन एक्स्पोे आयोजना गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली औषधि कुनै पनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।”

नेपाली औषधि विदेशमा समेत निर्यात हुने गरेको भन्दै उहाँले विदेशीसमेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोेमा आउने उहाँले जानकारी दिनुभयो । रु ६० अर्बभन्दा बढी लगानी भएको नेपाली उद्योगले गत आर्थिक वर्षमा रु २९ अर्ब मात्रैको कारोबार गरेको उहाँले बताउनुभयो ।

प्रधानले भन्नुभयो, “नेपाली उद्योगले नेपालका कूल मागको ९० औषधि उत्पादन गर्न सक्छन् ।” हाल नेपाली उद्योग ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको उहाँको भनाइ छ । नेपाली औषधि उद्योगलाई राज्यको प्रवद्र्धन र संरक्षणको खाँचो रहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83