२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको बार एशोसियसनले स्वर्ण महोत्सव मनाउँदै

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते
Photo : Bina Tamang / newsprabah

चितवन / जिल्ला अदालत बार एशोसियसन चितवन स्वर्ण महोत्सव मनाउने तयारी थालेको छ । एशोसियनले विविध कार्यक्रम गरी स्थापनाको ५० वर्ष पार गरेको अवसरमा स्वर्णमहोत्सव मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा ४० दिन अविधभरको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जसअनुसार आज (शुक्रबार) चार बजे स्वर्ण महोत्सव शुभारम्भ, पुष्पवाटिका स्थापना र दिपावली कार्यक्रम गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै आजै चितवनको सात पालिकामा कानुनी सचेतना कार्यक्रम, फागुन १९ गते बार भवनमा बारको भूमिका र आचारसंहिता गोष्ठी, फागुन २४ गते जिल्ला अदालत परिषदमा अदालत र बार बीच मैत्री पुर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल, निकुञ्ज, मालपोत, सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका बिषयक कार्यक्रम गरिने जानकारी दिईयो ।

यस्तै चैत्र ९ गते देवघाट स्थित रामजानकी र भरतपुरको मानव सेवा आश्रममा भोजन वितरण, चैत्र १६ गते रक्तदान कार्यक्रम, १९ गते बेलुका बार परिषरमा दिपावली कार्यक्रम र चैत्र २० गते अन्तिम दिन सर्वोच्च अदालतका न्यायधिशको प्रमुख आतिथ्यतामा स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, पुरस्कार तथा प्रशंसा वितरण कार्यक्रम गरी समापन गरिनेछ ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा बोल्दै एशोसियनका अध्यक्ष खगराज पण्डितले स्वर्ण महोत्सव ५० दिन अघि मनाउने योजना भएपनि बिशेष कारण बश ४० दिनसम्म मनाउन लागिएको बताउनु भयो ।

स्वर्णमहोत्सवलाई प्रभावकारी रुपमा मनाउन अन्य कार्यक्रम थप गरिने समेत उहांँले बताउनु भयो । पत्रकार सम्मेलनमा बारका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य तथा वर्तमान कार्यसमिति लगायतको सहभागिता रहेको थियो । चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22