२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

प्रथम आदिवासी जनजाति महोत्सवको शुभारम्भ

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा उद्घाटन
प्रकाशित मिति : २०८० चैत्र १० गते

चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनको आयोजनामा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको शुभारम्भ भएको छ । नारायणी नदी किनारमा सुरु गरिएको उक्त महोत्सवको शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् ।

जनजाति महासंघले महोत्सव आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवर्द्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

आदिवासी जनजाति समुदायलाई आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउँदै शेरचनले भने, ‘म १०१५ सालमा चितवन झरेको मान्छे हुँ । मैले अधिकार प्राप्तिको लागि आजसम्म पनि लडिरहेको छु । किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ ।’

अधिकारकै लागि आवाज उठाउँदा पटकपटक अङ्गभङ् बन्नु परेको तीतो यथार्थ सुनाए । ‘त्यसकारण यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गरेको छ,’ उनले भने ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पु¥याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास दिलाइन् । महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको उनले बताइन् ।

‘यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ,’ उनले भनिन्, ‘भावी पुस्ताको लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस् ।’

महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ । चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ। त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए ।

महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए ।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो। शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10