मकवानपुर । बागमती प्रदेशमा सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुँदैछ ।
प्रदेश सरकारले आज (सोमबार) बाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो ।
- ADVERTISEMENT -

गत २०८० असोज २२ मा बागमती प्रदेश सभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ (आज) बाट ऐन कार्यान्वयनमा ल्याउन लागिएको हो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलगायत संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
साथै प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।











































