२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बेपत्ता यात्रुका १७ जना आफन्तलाई निःशुल्क खान र बस्नको व्यवस्था

प्रकाशित मिति : २०८१ असार २९ गते

चितवन / होटल व्यवसायी संघ चितवनमा आबद्ध होटलहरुले सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुका आफन्तलाई निःशुल्क खान बस्नको व्यवस्था गरेका छन् ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार चार यात्रुका १७ जना आफन्तले विभिन्न चार होटलमा निःशुल्क खानबस्नको सुविधा लिएका छन् । उक्त बसमा सवार चालकसहित २४ जना बेपत्ता भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

तीमध्ये चार जनाका १७ जना आफन्तले संघका प्रतिनिधिलाई सम्पर्क गरी निःशुल्क सुविधा लिएका हुन् । होटल गंगोत्रीमा सात जना, होटल ह्याप्पी होममा चार जना, होटल मुक्तिनाथमा चार जना र होटल रोयल सतनचुलीमा दुई जनालाई खानबस्नको व्यवस्था गरिएको हो ।

संघले शुक्रवार नै एक विज्ञप्ति जारी गरी घटनामा बेपत्ता भएका यात्रुका आफन्तलाई चितवनका होटलमा निःशुल्क खानबस्नको व्यवस्था गरिएको बताएको थियो ।

बेपत्ता भएका यात्रुहरु फेला नपर्दासम्म खोजतलासका लागि चितवन आउने उनीहरुका आफन्तलाई निःशुल्क खानबस्नको व्यवस्था गरिने होटल व्यवसायी संघ चितवनका सचिव कृष्ण महतोले जानकारी दिए ।

बेपत्ता भएका यात्रुका आफन्तले निःशुल्क खानबस्नको लागि ९८५५०१४१८० र ९८५५०५०६८८ मा सम्पर्क गर्न सक्ने उनले बताए ।

आज बिहानको खानाको लागि रामनगर–सिमलताल इकाइसँग समन्वय गरी घटनास्थल नजिकका होटलमा व्यवस्था गरिएको उनले बताए । पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार २७ जना पनि बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोलीले सिमलतालस्थित त्रिशूली नदी र त्यसको तल्लो तटिय क्षेत्रमा खोजी कार्य गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20