काठमाडौं / देशभर डेंगु संक्रमितको संख्या बढ्दो छ । पछिल्लो समय लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
रोग नियन्त्रण शाखाका अनुसार, देशको ७३ जिल्लाका १ हजार ५ सय ५७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला जिल्ला बाहेक सबै जिल्लामा डेंगुको संक्रमितको संख्या रहेका छन् ।
- ADVERTISEMENT -

यो तथ्याङ जनवरीदेखि हालसम्मको हो । डेंगु संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा भेटिएको छ । त्यहाँ १ सय ९६ जनामा डेंगु संक्रमित फेला परेको हो ।
डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्ने चिकित्सकको भनाइ छ ।











































