April 18, 2024

बाढी अपडेट : १० जनाको शव फेला, ३१ अझै बेपत्ता

September 3, 2020

गलकोट । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएका मध्ये १० जनाको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी जारी रहेको र सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ ।
घटनामा हालसम्म चार जना घाइते भएको बताइएको छ । अविरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
बाढीका कारण घाइते हुनेमा ढोरपाटन नपा ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -