२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनको युटेकमा बिई आइटी र एमएससी इन टिम शैक्षिक सत्र सुरु

प्रकाशित मिति : २०८१ श्रावण २५ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. ११ मा स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ ।

कलेजले यही शैक्षिक सत्रबाट पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको अवस्थीको भनाइ छ । आज (शुक्रबार) सुरु गरिएको कार्यक्रममध्ये चारवर्षे स्नातक कार्यक्रमका लागि १० लाख ६८ हजार रुपैयाँ खर्च हुने तथा स्नातकोत्तर कार्यक्रमका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क लाग्ने अवस्थीले बताए ।

सोही अवसरमा कलेजमा अध्ययन गर्न भरतपुर महानगरपालिकाभित्रबाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने अवस्थीले भने । त्यस्तै, आजै आयोजित एक भव्य समारोहकाबीच युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरेको छ ।

कार्यक्रममा हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको छ । कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनए । हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताए ।

कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भई कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका बताउँदै उनले कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यमबाट पढाइ हुँदै आएको बताए ।

कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएका कलेजका अध्यक्ष चुडामणि खनालले बताए ।

क्लबले २०२२ मा राष्ट्रिय स्तरको युटेक ह्याकाथन अल्फा, २०२३ मा राष्ट्रियस्तरको युनाइटेड टेक फ्युजन, रोबो फुटबल, प्रोजेक्ट डेमोस्टेसनलगायतका कार्यहरु गरेको खनालको भनाइ छ । कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयमा अन्तर्राष्ट्रिय गोष्टी गर्न लागेको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्रमापत्र प्राप्त गर्न‘का साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको खनालले भने ।

कलेजको नयाँ शैक्षिक कार्यक्रम शुभारम्भको अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा प्रकाश पारेका थिए । यो विषयले यस क्षेत्रको आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्नेमा विश्वस्त रहेको उनको भनाइ छ । विश्वविद्यालयले विभिन्न चारवटा संकायमा अध्यापन गराउँदै स्नातकदेखि विद्यावारिधिसम्म झण्डै ६५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवम् आईटी विज्ञ प्रा.डा. सुवर्ण शाक्यले बीई आईटीको बारेमा तथा पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा. प्रदीप श्रेष्ठले एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा शुक्रबार अनावरण गरिएको जर्नलका बारेमा जर्नलका प्रधान सम्पादक डा. अन्जय कुमार मिश्रले प्राध्यापकहरुको लेख रचना राख्न विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने भन्दै अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको बताए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20