२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धिविनायकको सम्पत्ति ३२ करोड ७१ लाख

साधारण सभामा १७ जनालाई सम्मान
प्रकाशित मिति : २०८१ कार्तिक ७ गते

नारायाघाट । सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति ३२ करोड ७१ लाख ७६ हजार ८८८ रूपैयाँ पुगेको छ । एक हजार ९०० सदस्य आवद्ध संस्थाको १७औँ वार्षिक साधारण सभाका क्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थासँग बचत कोषमात्रै २४ करोड ४६ लाख १२ हजार २३ रूपैयाँ छ ।

२१ करोड ३४ लाख ८४ हजार ५११ रूपैयाँ ऋण लगानीमा प्रयोग भएको कोषाध्यक्ष घिमिरेले बताए । उनका अनुसार सेयर रकममा तीन करोड ६ लाख ९२ हजार ८००, ऋण जोखिम कोषमा एक करोड १६ लाख ५९ हजार ७६८ रूपैयाँ, जगेडा कोषमा दुई करोड १० लाख चार हजार ४५९ रूपैयाँ छ ।

- ADVERTISEMENT -

Advertisement

संस्थागत कोषमा दुई करोड २५ लाख ८५ हजार १४७ रूपैयाँ, वर्षभरीको कूल आय तीन करोड ६१ लाख ११ हजार १५३ रूपैयाँ, वर्षभरीको कूल व्यय दुई करोड ४७ लाख ४० हजार ९७२ रूपैयाँ र करयोग्य आय मात्रै एक करोड १३ लाख ७० हजार १८१ रूपैयाँ रहेको देखिएको छ ।

संस्थाले १७औँ वार्षिक साधारण सभाको अवसर पारेर १७ जना शेयर सदस्यलाई विभिन्न ६ वटा शीर्षकमा सम्मान गरेको छ । उत्कृष्ट बचतकर्तातर्फ मञ्जु देवी र निलप्रसाद भेटुवाल, उत्कृष्ट कारोबारी सदस्यतर्फ टिकाराम आचार्य र फूलमाया श्रेष्ठ, उत्कृष्ट बाल बचत सदस्यतर्फ योगीसा सापकोटा र हेमन्तजङ्ग पुडासैनी सम्मानित भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

खुत्रुके बचततर्फ भने विराज बजु र अर्चना गुप्ता सम्मानित हुँदा संगीता पाण्डे, रामहरि न्यौपाने र रामचन्द्र रेग्मीलाई संस्थाको सदस्य वृद्धि अभियानमा मह¤वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष थीरप्रसाद धिताल (कृष्ण)ले जानकारी दिए ।

शैक्षिक सम्मानतर्फ पनि ६ जनालाई सम्मान गरिएको छ । स्नातकोत्तरतर्फ रोजिना भेटुवाल (एमबीए) र शिरिष्मा कार्की (एमबीए) सम्मानित भएका छन् । स्नातक तहतर्फ कृपेश धिताल (एमबीबीएस), ज्योति रेग्मी (बिआइसिटी), टिना महर्जन (बीए) र आशिष पन्त (बिएमएच)लाई सम्मान गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36