२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

चितवनको भरतपुर अस्पतालमा ‘निलो रूख’ स्थापना

प्रकाशित मिति : २०८१ कार्तिक २० गते

चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले चितवनको भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

“हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ”, उनले भने, “कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।”

कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो । अस्ट्रेलियन जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रूखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57