२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

कालिकामा लायन्स क्लबको निःशुल्क स्वास्थ्य शिविर, गरिब तथा विपन्न परिवार लाभान्वित [with video]

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते

– विना तामाङ

चितवन । कालिका नगरपालिकामा एघार वटा लायन्स क्लबले एकै थलोबाट विपन्न तथा गरिब परिवारलाई लक्षित गरी बुधबार निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । शिविरबाट ४ सय १८ जनाले स्वास्थ्यलाभ लिएको लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष असिम हमालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष हमालका अनुसार चितवन मेडिकल कलेज र नेपाल हेल्थ क्रप्स सिएमसी हस्पिटलको संयुक्त आयोजनामा सम्पन्न एक दिने शिविरलाई लायन्स क्लब अफ नारायणगढ दियालोको संयोजकत्वमा एघार वटा विभिन्न लायन्स क्लबहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने र कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले संयुक्तरूपमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा विद्यालयमा दिवा खाजा वितरण, मधुमेह परीक्षण, डष्टविन वितरण, आँखा परीक्षण, स्थानीय युवाहरुलाई खेलकुद सामग्री वितरण, सिपीआर तालिम, दन्त शिविर, शिशु क्यान्सर सचेतनालगायतका विषयमा परामर्शसमेत दिइएको थियो ।

लायन्स क्लबहरुले एकैपटक बृहतरूपमा निःशुल्क स्वास्थ्य शिविर तथा लायन्स अन्तर्राष्ट्रिय ग्लोबल कजअन्तर्गतका आठ वटा कार्यक्रम सम्भवतः चितवनमै पहिलो पटक भएको हमालले बताए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका सेकेण्ड भाइस गभर्नर प्रभाकर पण्डित, पिडिजी राजकुमार श्रेष्ठ, श्री राष्ट्रिय आधारभूत विद्यालयका प्राचार्य बासुदेव आचार्य, कालिका नगरपालिका वडाध्यक्षसहितका जनप्रतिनिधिलगायत उपस्थित थिए ।

कालिका नगरपालिका वडा नं. २ मा स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय पिपरियाको प्राङ्गणमा आयोजित कार्यक्रम लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका उपाध्यक्ष डा लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57