२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

जलवाष्पयुक्त हावाको प्रभाव, आज यी स्थानमा वर्षाको अनुमान

प्रकाशित मिति : २०८२ बैशाख २० गते
File photo.

काठमाडौं / हाल देशभर मौसम बदली भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको छ, जसको असर आज (शनिबार) को मौसममा प्रस्ट देखिएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा सामान्यदेखि आंशिक बदली रहीरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी विभागले दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । साथसाथै, हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

रातिको मौसम पूर्वानुमान अनुसार पनि देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागहरूमा एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना छ ।

मौसमविद्हरूले अत्यधिक चिसो र बदलिँदो मौसमका कारण विशेष गरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । आगामी केही दिन यस्तै प्रणाली सक्रिय रहने संकेत दिइएकोले मौसम अपडेट नियमित रूपमा हेर्न सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96