Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वमन्त्री सुब्बाद्वारा एक महिलामाथि अत्याचार, गोप्य अङ्गको खानतलासी !

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

विराटनगर / पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाले शक्तिको दुरुपयोग गर्दै पारिवारिक विवादमा एक महिलाको अस्मितामाथि नै प्रश्न उठाएको एक कहालीलाग्दो घटना सार्वजनिक भएको छ ।

पूर्वमन्त्री सुब्बाविरुद्ध एक महिलाको गोप्य अङ्गको खानतलासी गर्न लगाएर गैरकानुनी तथा अपमानजनक व्यवहार गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

- ADVERTISEMENT -

Advertisement

पीडित महिलाले दिएको जाहेरीअनुसार, श्रीमान् र परिवारको यातनापछि अंश मुद्दा दायर गरेर माइतीमा बस्दै आएकी उनीमाथि गत चैत २२ गते यो घटना भएको थियो ।

पूर्वमन्त्री सुब्बा, पीडितका ससुरा गोपाल शाह र सुनिता घिमिरे नामकी अर्की महिलासहित उनको माइतीघर, मोरङको डायनियामै पुगेर चरम दुर्व्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ ।

जाहेरीअनुसार, सुब्बाले आफू इटहरीको ठूलो नेता र पूर्वमन्त्री भएको धाक लगाउँदै अंश मुद्दा फिर्ता लिन दबाब दिएका थिए । विवादकै क्रममा पीडितको लैङ्गिकतामाथि प्रश्न गर्दै ‘तिमी हिँजडा भएको कारण परिवारले अस्वीकार गरेको’ भन्दै अपमानित गरिएको थियो ।

“तिम्रो लिङ्ग हेर्न हामीले आफ्नै महिला (सुनिता घिमिरे) ल्याएका छौँ, तिमीले केटी भएको पुष्टि गर्नुपर्छ,” भन्दै सुब्बाले जबरजस्ती शरीर तलासीका लागि दबाब दिएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

यता, पूर्वमन्त्री सुब्बाले भने आरोप अस्वीकार गरेका छन् । पीडितका ससुरा गोपाल आफ्नै घरमा बस्ने व्यक्ति भएकाले परिवारमा बिखण्डन हुन लाग्दा आफू ‘छलफल’ का लागि मात्र गएको उनको दाबी छ । “म छलफलमा गएको हुँ, यो विषयलाई अतिरञ्जित बनाइयो,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22