२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

अनेरास्ववियुको नेतृत्वमा कडरिया, धामी महासचिवमा निर्वाचित

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते

काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिस्पर्धात्मक चुनावी दौडपछि नयाँ नेतृत्व पाएको छ । कीर्तिपुरमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनबाट डा. सुजन कडरिया आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई जम्मा ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानको राति अबेर सार्वजनिक अन्तिम मत परिणाम अनुसार, अध्यक्षमा विजयी कडरियाले ७३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ७२४ मतमा चित्त बुझाउनु पर्‍यो । अध्यक्षको दौड जस्तै अन्य प्रमुख पदहरूमा पनि प्रतिस्पर्धा देखिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

खुला उपाध्यक्षमा विकास श्रेष्ठ (७०८ मत) र महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी (७७५ मत) विजयी भएका छन् । संगठनको कार्यकारी पद महासचिवमा दिपक धामीले ७८५ मतका साथ जित हासिल गर्दा उपमहासचिवमा कमलले ८१६ मत प्राप्त गरी आफ्नो स्थान सुरक्षित गरे ।

त्यसैगरी, चार सचिव पदका लागि भएको निर्वाचनमा आकाश घर्ती मगर (३६०), रचना सापकोटा (३०४), समिम बाबु खान (२७३) र गोपाल नेपाल (२६८) मतका साथ विजयी भएका छन् ।

महाधिवेशनले केन्द्रीय पदाधिकारीसँगै विभिन्न तीन महत्वपूर्ण आयोगको नेतृत्व पनि निर्वाचनबाटै टुंगो लगाएको छ । जसअनुसार –

निर्वाचन आयोग– अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली ।

लेखा आयोग– अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत ।

अनुशासन आयोग– अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी ।

नीति तथा अनुसन्धान आयोग– अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे ।

जेठ २५ गतेदेखि त्रिभुवन विश्वविद्यालय परिसरमा सुरु भएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि बिहीबार नेतृत्व चयनका लागि मतदान भएको थियो । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96