Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इजरेल–इरान युद्धविराम केही घण्टामै टुट्यो, ट्रम्प बने आक्रोशित

प्रकाशित मिति : २०८२ असार ११ गते
File photo.

काठमाडौं / इजरेल र इरानबीच लागू भएको भनिएको बहुप्रतिक्षित युद्धविराम केही घण्टामै भंग भएको छ, जसले मध्यपूर्वमा शान्तिको क्षीण आशालाई चकनाचुर पार्दै तनावलाई पुनः उत्कर्षमा पुर्‍याएको छ । इरानबाट क्षेप्यास्त्र प्रहार भएको इजरेली दाबी र त्यसको बदलामा ‘तेहरानको मुटुमा’ आक्रमण गर्ने इजरेली रक्षामन्त्रीको चेतावनीले अवस्थालाई थप विस्फोटक बनाएको हो ।

युद्धविराम लागू भएको केही समय नबित्दै इजरेली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेपछि इजरेली सरकार आक्रामक रूपमा प्रस्तुत भएको थियो । इजरेली रक्षामन्त्री इसराएल कात्सले इरानले युद्धविरामको गम्भीर उल्लङ्घन गरेको आरोप लगाउँदै सेनालाई कडा प्रतिवाद गर्न आदेश दिएको घोषणा गरे । ‘इरानले गरेको युद्धविराम उल्लङ्घनको विरुद्ध तेहरानको मुटुमा रहेका निसानाहरूमा सघन प्रहार गरेर कडा प्रतिवाद गर्न मैले आदेश दिएको छु,’ कात्सले एक विज्ञप्ति जारी गर्दै भने ।

- ADVERTISEMENT -

Advertisement

यो घोषणासँगै प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका निकट मानिने अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोत्रिखले सामाजिक सञ्जाल एक्समा लेखे, ‘तेहरान काम्ने छ,’ जसले इजरेली सरकारको कठोर मनसायलाई स्पष्ट पारेको थियो ।

यता, इरानले भने युद्धविराम उल्लङ्घनको आरोप अस्वीकार गरेको छ । जेरुसेलमस्थित बीबीसी संवाददाता ड्यान जोन्सनका अनुसार तेहरानले क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गर्दै घटना कसरी भयो भन्नेमा अन्योल रहेको बताएको छ । इरानी राष्ट्रपति मसूद पेजेस्किआनले इजरेलले आक्रमण नगरेसम्म आफ्नो देशले शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन् । ‘केही समस्या तथा गुनासोका बीच इरानी जनताहरूले एक पटक फेरि उनीहरू शत्रुको आक्रमणविरुद्ध अन्तिम क्षणसम्म एकीकृत रहने पुष्टि गरे,’ राज्यनियन्त्रित समाचार एजेन्सी आईआरएनएले उनको भनाइ उद्धृत गरेको छ ।

घटनाक्रमले नाटकीय मोड तब लियो जब युद्धविरामका मध्यस्थकर्ता मानिएका अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले इजरेललाई आक्रमण नगर्न कडा चेतावनी दिए । आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा उनले लेखे, ‘इजरेल १ ती बमहरू नखसाल । यदि त्यसो गर्‍यौ भने त्यो उल्लङ्घनको ठूलो घटना हुनेछ । आफ्ना पाइलटलाई अहिल्यै घर फर्काऊ ।’

ट्रम्पको यो सार्वजनिक चेतावनीपछि उनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग टेलिफोनमा कुराकानी गरेको बताइएको छ । नेतन्याहूको कार्यालयका अनुसार उक्त कुराकानीपछि प्रधानमन्त्री थप आक्रमण रोक्न सहमत भएका छन् ।

यसअघि इजरेली डिफेन्स फोर्सेस ९आईडीएफ० का प्रमुख एयाल जमीरले इरानको कदमलाई गम्भीर उल्लङ्घन भन्दै सशक्त रूपमा त्यसको प्रतिवाद गर्ने बताएका थिए । सेनाले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेर नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको थियो, जसले गर्दा इजरेलमा त्रासको वातावरण सिर्जना भएको थियो ।

बीबीसी संवाददाता जोन्सनका अनुसार, शान्तिको अपेक्षा गरिरहेका इजरेली नागरिकहरूका लागि यो समय अनिश्चयपूर्ण बनेको छ । ‘आउने घण्टा, दिन तथा साताहरूमा शान्ति छाउन लागेको उनीहरूले अपेक्षा गरिरहँदा पुनस् हवाई साइरन बज्न थालेका छन्,’ जोन्सनले भने ।

ट्रम्पको हस्तक्षेपले तत्कालको लागि इजरेली आक्रमण टरे पनि युद्धविरामको भविष्य र दुई देशबीचको सम्बन्धमा गहिरो अनिश्चय छाएको छ । यो घटनाले मध्यपूर्वको संवेदनशील भूराजनीतिलाई थप जटिल बनाएको छ र अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67