Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सूचनाको हक समृद्ध लोकतन्त्रको आधार हो’

प्रकाशित मिति : २०८२ असार २१ गते

चितवन । पर्यटकीय नगरी सौराहामा प्रदेश सूचना पुनरावेदन समिति वाग्मती प्रदेशले सूचनाको हक प्रवर्दन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले सूचनाको हक नागरिकको मौलिक अधिकार भएको भन्दै सबै तहमा पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्नेमा जोड दिइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको अध्यक्षता प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने रहनुभएको थियो ।


मन्त्रालयका सचिव कृष्ण बहादुर शाही विशिष्ट अतिथि रहनुहुँदै, सूचनाको हकको व्यवहारिक पक्ष र कानुनी प्रक्रिया सम्बन्धमा धारणा राख्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

अन्तर्क्रियामा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, चितवनमा क्रियाशील पत्रकारहरू, नागरिक समाजका अगुवाहरु तथा सूचना अधिकारमा चासो राख्ने सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सूचना पुनरावेदन समितिका सदस्य कृष्ण साह मगरले दिनुभएको थियो ।
दोस्रो चरणको सत्रमा सह-सचिव र समितिका अध्यक्ष अधिकारीले सूचनाको मौलिक अधिकारका कानुनी प्रावधान, अभ्यासका चुनौती र आम नागरिकका लागि सूचनाको पहुँचसम्बन्धी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमले नागरिक–सरकार सम्बन्धलाई थप उत्तरदायी, पारदर्शी र लोकतान्त्रिक बनाउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05