Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इंग्ल्यान्ड लगातार दोस्रोपटक युरोपियन च्याम्पियन

प्रकाशित मिति : २०८२ श्रावण १२ गते

काठमाडौं / इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ । फाइनलमा विश्वकप विजेतासमेत रहेको स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितको हो ।

आइतबार स्वीट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इंग्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे । इंग्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन् । लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन् । मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो । त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनलाई अग्रतामा राखेकी थिइन् । तर, एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

प्रतियोगितामा स्पेनले जर्मनीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । इंग्ल्यान्डले भने इटालीविरुद्ध २–१ को जित निकालेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22