२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

टर्कीका शहरहरूमा खडेरीका कारण पानीको अभाव

प्रकाशित मिति : २०८२ भाद्र १ गते
file photo.

काठमाडौं / अङ्कारा र इस्तानबुल लगायत टर्कीका ठूला शहरहरूमा गर्मी र खडेरीका कारण पिउने पानीको भण्डारमा उल्लेखनीय गिरावट आएको छ । इस्तानबुलका बाँधहरूको पूर्णता दर गत वर्षको सोही अवधिमा ५४.९ प्रतिशतबाट अगस्टमा ४८.१ प्रतिशतमा झरेको छ । जसको अर्थ देशको सबैभन्दा ठूलो शहरको बाँधहरूमा लगभग चार महिनाको पिउने पानीको आपूर्ति बाँकी छ ।

टर्कीका प्रशारक एनटीभीले जनरल डाइरेक्टोरेट अफ स्टेट हाइड्रोलिक वक्र्सको तथ्याङ्क उद्धृत गर्दै यसबारे रिपोर्ट गरेको छ । अङ्कारामा बाँधहरूको पूर्णता दर गत वर्षको ३२.८ प्रतिशतबाट यस वर्ष ९.३ प्रतिशतमा तिब्र रूपमा घटेको छ । जसले गर्दा राजधानी शहरमा केवल तीन महिनाको पिउने पानी आपूर्ति मात्र बाँकी छ । इज्मिरका बाँधहरूमा पूर्णता दर १३.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ । जसको परिणामस्वरूप रिपोर्टअनुसार यसको बाँधहरूमा अनुमानित दुई महिनाको पिउने पानी क्षमता बाँकी रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

अगस्ट १२ सम्म टर्कीभरि सञ्चालनमा रहेका बाँधहरूमा कुल सक्रिय भण्डारण ३९.८ अर्ब घनमिटर थियो । गत वर्षको सोही अवधिमा यो मात्रा ४९.८ अर्ब घनमिटर थियो । यस वर्ष टर्कीमा अत्यन्तै तातो र सुख्खा गर्मी अनुभव गरिएको छ । जुलाईमा देशले ५०।५ डिग्री सेल्सियसको नयाँ राष्ट्रिय उच्च तापक्रम रेकर्ड गरेको थियो । अत्यधिक गर्मी र खडेरीका कारण देशभरि व्यापक रूपमा डढेलो लागेको थियो । यी डढेलोहरू दक्षिणी र पश्चिमी क्षेत्रहरूमा फैलिएका थिए । जसको परिणामस्वरूप ज्यान गुमाउनुपरेको थियो र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99